काठमाडौँ, असार १९ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूका लागि Smart July अफर ल्याएको छ ।
जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । SCT ले यस अघि बिगमार्टमै SCT Smart Wednesday अफर दिदै आएको थियो जसमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार SCT-UPI कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउनु हुन्थ्योे । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट SCT को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका SCT-UPI कार्ड प्रयोगकर्ताहरूले पाउनु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







