काठमाडाै। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई 'लेक सिटी'को रूपमा विकास गर्न माग गर्नुभएको छ । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गरे ।
उनले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई 'लेक सिटी' क्षेत्रको रूपमा विकास गर्न जरुरी रहेको बताए । रारालाई 'लेक सिटी'को रूपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गरे । उहाँले भारतीय पर्यटकहरूलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताए ।
उनले भने, "रारालाई हामीले एउटा लेक सिटी बनाउन डिपिआर त गरौँ । अनि न लगानीकर्ता आउँछ । यस्ता विकासले कर्णालीको कायापलट हुन्छ ।"
सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउन सके अन्य देशहरूलाई हेर्न नपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






