कन्हैयालाल केशरी
आस्थाको केन्द्रबिन्दु तथा शक्तिपीठको रूपमा रहेको वीरगन्जमा प्रख्यात गहवामाईको रथयात्रा भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ ।
गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिको आयोजनामा तेस्रो रथयात्रा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतका सहभागितामा वीरगन्जका विभिन्न ठाउँ तथा धार्मिक स्थलहरुको परिक्रमा गरी माइस्थान मन्दिर गहवामाईको परिसरमा आई सम्पन्न भएको हो ।
आयोजक समितिका अध्यक्ष एवम् गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार प्रत्येक वर्ष गहवामाईप्रतिको आस्था र विश्वास बढ्दै गएको र अन्य वर्षको तुलनामा यस वर्ष भक्तजनको उत्साहजनक सहभागिता रहेको बताए ।
अध्यक्ष पोखरेलले प्रत्येक वर्ष झैँ यस वर्ष पनि गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिले शनिबार महाप्रसादको आयोजना गर्ने र महाभोजमा लगभग ५० हजार भक्तजन सहभागी हुने अनुमान गरी सोही अनुरूपको तयारी भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






