काठमाडौं । समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् । पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् । त्यो हो, ईभी अर्थात् इलेक्ट्रिक भेइकल । सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै केही वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू एकै क्षेत्र तर फरक किसिमको व्यवसाय अर्थात् ईभीमा लगानी गरिरहेका छन् । राम्रो प्रतिफल र बचतका कारण व्यवसायीहरू त्यसबाट सन्तुष्ट देखिन्छन् भने ऋण लिएर व्यवसाय गर्नेहरूबाट समयमै किस्ता आउँदा बैंकहरु समेत खुसी देखिन्छन् । कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैङ्कहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैङ्किङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् । तर राज्यले कहिले कर नीतिमा परिवर्तन त कहिले बैंकबाट प्रवाह हुने लोनको सीमा अर्थात् लोन टु भ्यालु रेसियोमा परिवर्तन गरिरहँदा व्यवसायी र बैंक नै मर्कामा पर्ने गरेका छन् ।
किस्ता तिर्न सहजता
हरेक मान्छेले आफैँसँग पैसा भएर मात्रै लगानी गरिरहेका हुँदैनन् । आफ्नो व्यावसायिक योजनालाई सार्थक बनाउन साथीभाइ, आफन्त र बैंकसँग समेत कर्जा लिइरहेका हुन्छन् । निश्चित समयपछि कर्जा तिर्नुपर्ने भएका कारण सुरु गरेको व्यवसायबाट प्रतिफल आएन भने त्यसले समस्या सिर्जना गर्दछ । जस कारण राम्रो प्रतिफल पाउने, किस्ता तिर्न सहज हुने मात्र नभएर आफ्नो घर खर्च समेत चलाएर थप व्यवसाय विस्तार गर्न समेत मान्छेले ऋण लिइरहेका हुन्छन् । पछिल्ला वर्षहरू ईभीमा लगानी त्यस्तै सार्थक व्यवसायको एक माध्यम बनेको छ । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ ।
आफूहरूसँग धेरै व्यवसायीहरूले व्यावसायिक कर्जा निकालेर ईभीमा लगानी गरेको र किस्ताका लागि कुनै समस्या नभएको नुवाकोटको बट्टार शाखामा कार्यरत एनएमबी बैंकका ब्रान्च म्यानेजर जीवन बोगटी बताउँछन् । व्यवसायीबाट राम्रो प्रतिफल प्राप्त गरेका कारणले नै कतिपय व्यवसायीहरूले समय अगावै किस्ता र कर्जा चुक्ता गर्न सकेको उनको धारणा रहेको छ ।
बोगटी भन्छन्, ‘हाम्रो बैंकबाट ऋण लिएर धेरैले ईभीमा लगानी गर्नुभएको छ । उहाँहरूको कुरा अनुसार रिटर्न राम्रै रहेको बुझिन्छ । त्यही भएर होला हामीले ईभीमा लगानी गर्ने कुनै व्यवसायीले कर्जा र किस्ता तिरेन भन्ने गुनासो गर्नुपरेको छैन, किस्ता किन आएन भनेर कसैलाई फोन गर्नुपरेको छैन ।’
त्यसो त ईभीमा धेरै बैंक तथा वित्तीय संस्थाहरूको लगानी रहेको छ । जसमध्ये ईभीमा लगानी गर्नेमा एनएमबी बैंक पनि एक हो । ऋण लिएर ईभीमा लगानी गर्नेहरूबाट किस्ता तिर्न समस्या परेको भन्ने आफूहरूले सुन्न नपरेको उनको दाबी छ ।
‘ईभीमा धेरै वटा बैङ्कहरूको लगानी छ । त्यसमध्ये हाम्रो बट्टार ब्रान्चबाट ऋण लिएर लगानी गर्नेहरूमा त्यस्तो लोनको किस्ता नआउने समस्या देखिएको छैन,’ उनले भने, ‘कतिपयले ईभीलाई नै मुख्य व्यवसाय बनाउनुभएको छ भने कतिपयले त्यसलाई साइड बिजनेस बनाउनुभएको छ । तर उहाँहरूले समयमै किस्ता तिर्ने लगायत सहजै किस्ता पाइरहेका छौँ ।’ त्यति मात्र नभएर कतिपय व्यवसायीहरुले समय अगावै किस्ता तिर्ने गरेको समेत उनको अनुभव रहेको छ ।
ईभीप्रति आकर्षण बढ्यो, बैंकहरुले लगानी बढाए
कतिपय व्यक्तिहरू रहर त कतिपय व्यक्तिहरू बाध्यताले यातायात व्यवसायमा लगानी गरिरहेका हुन्छन् । धेरैजसो व्यक्तिहरू अरूले लगानी गरेको क्षेत्रमा समेत राम्रो मुनाफा कमाउने उद्देश्यले समेत लगानी गरिरहेका हुन्छन् । त्यस्तै पछिल्ला वर्षहरूमा ईभीप्रति आम सर्वसाधारणको आकर्षण बढिरहेको र व्यवसायीहरू समेत आकर्षित बनेका छन् । एकातिर पहिल्यै सो क्षेत्रमा लगानी गरेकाहरू आफ्नो अब डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीसाधनमा सिफ्ट भएका छन् । त्यसबाहेक नयाँ लगानीकर्ताले पनि ईभीमा आफ्नो लगानी सुरु गरेका छन् ।
एनएमबी बैंकका ब्राञ्ज म्यानेजर बोगटी अगाडि भन्छन्, ‘पहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गरेकाहरूले पछिल्ला वर्षहरूमा ईभीमा लगानी बढाएका धेरै उदाहरण छन् । व्यवसायीले स्वाभाविकै रूपमा केही हुन्छ कि भन्ने हुटहुटीमा लागेर लगानी गर्ने हो । त्यस कारणले पनि लगानीकर्ताहरू उत्साहित देखेको छु । हामी बैंकहरुले पनि कुनै व्यवसाय धराशायी बन्छ वा बन्न सक्छ भनेपछि लगानी गर्दैनौँ र व्यवसायीहरू पनि त्यसप्रति उत्साहित हुँदैनन् नि । त्यस कारण पनि ईभीमा भविष्य देखेर लगानी गरिरहेका छौँ र व्यवसायीहरू पनि उत्साहित देखिनुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






