काठमाडौ। खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गर्नु भएको छ । मक्कामा हज विशेष प्रकारको नमाजर प्राथना गर्न नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफुले विमानस्थलमै पुगेर उहाँहरुलाई बिदाई गरेको मन्त्री यादवले बताउनुभयो । उनले भने, “हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर मैले फुलमाला तथा खादा लगाई बिदाई गरेको छु । उहाँहरुको यात्रा धर्म, आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु ।” मन्त्री यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भई फुलमाला, खादा लगाई बिदाई गर्नुका साथै हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गरेका थिए । मन्त्री यादवले व्यक्तिगत रुपमा खादा र मालाले सम्मान गर्नु भएपछि हज यात्रीहरूले भावुक हुँदै धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।
नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १ सय ७१ जना जाने जनाइएको छ । पहिलो चरणको लागि यही जेठ ३ गते ५५ जना नेपाली हज यात्रु साउदी अरेबिया गएका जनाइएको छ । देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्लास्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रिय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि बिश्वभरिबाट मुस्लिमहरु मक्का पुग्ने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






