
काठमाडौँ । नेपालमा ओपन(सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु Ubuntu Nepal र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Center for Cyber security Research and Innovation - CSRI) बीच औपचारिक साझेदारी भएको छ।
आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब-९कन एशिया २०२५ (UbuCon Asia 2025) सम्मेलन आगामी भदौ १३–१४ ९अगस्ट ३०–३१० मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।
सो अवसरमा दुवै संस्थाबीच सहमति पत्र (MoU) मा हस्ताक्षर भएको छ। उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबु९कन एशिया २०२५ आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट डा। शालिग्राम पराजुली अध्यक्ष तथा डा। भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन्। सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो।
यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि (ICT) क्षेत्रको दीर्घकालीन विकास र ओपन-सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा उबु-कन एशिया २०२५ मा मान्यता प्राप्त गर्नेछ। यसको लोगो तथा ब्रान्डिङ निम्न माध्यमहरूमा समावेश गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन