काठमाडौं । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको ूप्री बजेट ब्याशू अफर ल्याएका छन्। आज देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्।
यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउनेछ। नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा पनि उपलब्ध छ,
जसअनुसार ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किंग डेमै प्राप्त गर्न सक्नेछन्। यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ। त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन्। यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो-म्याक्स पाउनेछन्।
ईभी उत्साही र सम्भावित ग्राहकहरूका लागि ग्रिनर भविष्यको लागि छुटाउनै नहुने डिल र रमाइला पुरस्कारहरूको लाभ लिन डिजाइन गरिएको “प्री बजेट ब्याश” एक विशेष अवसर हो। सबै सम्भावित ग्राहकहरूलाई यस अफर र परिवर्तनको हिस्सा बन्न बैसाख १८ गतेदेखि २२ गतेसम्म आफ्नो नजिकको नामी वा सेरेस शोरूममा भ्रमण गर्न आमन्त्रित गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






