काठमाडौँ । धरान-१४ स्थित विजयपुर डाँडामा रहेको पिण्डेश्वर बाबाधाम मन्दिरमा रथोत्सव सुरु भएको छ । कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको पिण्डेश्वर बाबाधाम मन्दिर महात्म्यमा रथोत्सवको उल्लेख भएका कारण यो वर्षदेखि रथोत्सव गर्न थालिएको पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकास कुमार बनेपालीले जानकारी दिए।
परापूर्वकालमा यहाँको स्थान रुद्राक्षको जंगल रहेको र देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेको मान्यता रहेको छ । देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख छ । भगवान श्री पिण्डेश्वरलाई रुद्राक्षका देवता पनि भनिन्छ।
भगवान श्रीपिण्डेश्वरको विविध आराधना र उत्सवहरुकाबारे रुद्राक्षारण्यमा वर्णन गरिएको र यी उत्सवहरु मध्ये भगवान विष्णुले १५ दिन पिण्डेश्वरको आराधना गरेर उत्सव मनाएको कारण पनि यो रथोत्सव गरिएको अध्यक्ष बनेपालीले बताए । रुद्राक्षारण्य महात्म्यको अध्याय १६ को ४९, ५० र ५१ श्लोकमा भगवान विष्णुले चैत्र शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म पिण्डेश्वर महादेवको पुजा अर्चना गरेर रथोत्सव गर्नु भएको वर्णन छ । पूर्णिमाका दिन शिवगंगा (शिवजट्टा) मा गएर रथोत्सव समापन गरि भगवान श्रीहरि वैकुण्ठ प्रस्थान गर्नुभएको उक्त महात्म्यमा उल्लेख रहेको छ ।
यस्तो उत्सव यसअघिनै हुनुपर्ने हो तर अहिले आएर आयोजना हुनु पनि खुसीको कुरा रहेको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । यस्ता कार्यहरुले तीर्थस्थलहरुको महत्वमा श्रीवृद्धि हुने र मठ मन्दिरहरुमा धार्मिक गतिविधी भइरहन सघाउ पु¥याउने बताए ।
यो रथोत्सवले आसन्न कोशी प्रदेश पर्यटन वर्षलाई पनि सघाउ पुर्याउने कोशी पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले बताउनुभयो । कोशी प्रदेशको पर्यटनको मेरुदण्ड धार्मिक पर्यटन नै भएका कारण यस्ता गतिविधीले पर्यटकहरुलाई आकर्षित गर्न सक्नेमा विश्वास रहेको उहाँले बताए ।
रथोत्सव कार्यक्रममा प्रत्येक दिन रुद्री पाठ अनुष्ठान, भगवानको विशेष पूजा अर्चना एवं प्रत्येक साँझ भजन किर्तन हुनेछ भने चैत्र २२ गते दन्तकाली मन्दिर, २३ गते बुढासुब्बा र पञ्चकन्या मन्दिर परिक्रमा गर्ने र चैत ३० गते धरान बजार रथयात्रा गरी परिक्रमा गरेर शिवजट्टामा पुगेर समापन गरिने पिण्डेश्वर बाबाधाम समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





