हरिकृष्ण शर्मा
काठमाडौं । मुस्ताङमा साउन यता ६५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१/०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिए ।
बेनी–जोमसोम–कोरला सडकखण्ड, अन्नपूर्ण चक्रिय पदमार्ग तथा हवाई मार्गबाट मुस्ताङको भ्रमण गर्नेमा सबैभन्दा धेरै भारतीय ३८ हजार २९३ जनाले भ्रमण गरेका छन् । दोस्रोमा इजरायली एक हजार छ सय पाँच र फ्रान्सेली एक हजार पाँच सय ९९ जना रहेको संरक्षण सहायक गुरूङको भनाइ छ । विगतको वर्षको तुलनामा अमेरिकनहरूको सङ्ख्या घटेको छ भने इजरायलीको सङ्ख्या बढेको छ । गत आव २०८०र०८१ सालमा कुल एक लाख २१ हजार ३५२ जनाले भ्रमण गरेका थिए ।
अघिल्लो आवमा कुल एक सय १४ देशबाट मुस्ताङ भ्रमण गरेकोमा सबैभन्दा धेरै भारतीय ९६ हजार ५० जना, अमेरिकन एक हजार ४१३ जना र फ्रान्सबाट एक हजार ३२५ जना रहेको एक्याप मुस्ताङले जनाएको छ । हालसम्मको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन सन्तोषजनक रहेको एक्याप मुस्ताङका निमित्त प्रमुख देउकुमार गुरूङले बताए ।
पर्यटकको सिजन मानिने चैत, वैशाख र जेठ महिनामा विदेशी पर्यटकको आगमन बढी हुन्छ । मुस्ताङमा विं.स २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि यता भारतीय धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वार्षिक भित्रिने विदेशी पर्यटकमा झण्डै एक लाखको हाराहारीम भारतीय भित्रिनु सुखद भएको मुस्ताङका पर्यटन व्यवसायीको भनाइ छ । भारतीयको मुख्य गन्तव्य मुक्तिनाथ मन्दिर हो भने तेस्रो मुलुकबाट आएकाहरू उपल्लो मुस्ताङसम्म पुग्ने गरेका छन् ।
सडक सञ्जालबाट प्रवेश गर्ने पर्यटकको तथ्याङ्क छिमेकी म्याग्दी जिल्लाको सिमानामा पर्ने घाँसादेखि नै राख्ने गरिन्छ । मुस्ताङमा धार्मिक तथा आर्कषक पर्यटकीयस्थलहरूमा मुक्तिनाथ मन्दिर, गुफाहरू, ताल, गुम्बापर्यटकको प्रमुख रोजाईमा पर्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमार्ग हुँदै भित्रिने स्वदेशी पर्यटकको सङ्ख्या पछिल्ला वर्ष ह्वात्तै बढेको छ । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । सार्क मुलुककालाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ । उपल्लो मुस्ताङमा डलरमा शुल्क तिर्नुपर्ने झन्झट र महँगोले पर्यटकहरु तल्लो क्षेत्रबाटै फर्किनेको सङ्ख्या धेरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी कर्जाका लागि सम्झौता
- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, भोलि दिउँसो १ बजे बस्ने
- राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्म स्थगित



ट्रेन्डिङ
खबरमुकाम







