.jpg)
वराहक्षेत्र । नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो ।
नेपालबाट लोप भएको सूचीमा राखिएको झाडीफिस्टो चरा भेटिएसँगै लोप भएको सूचिबाट हटाइएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताए । उनका अनुसार खैरो झाडीफिस्टो चरा नेपालबाटै लोप भएको आशङ्का गरिएको थियो ।
चितवनको भरतपुर महानगरपालिका स्थित दिव्यनगरको खेतबारीमा चराविद् प्रताप गुरुङले झाडीफिस्टो चराको अभिलेख गरेका छन् । चराविद् गुरुङले गत मङ्सिर २३ गते चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ बजेर ९ मिनेटमा खैरो झाडीफिस्टो चराको अभिलेख गरेको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए । उनका अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएको छ ।
चराविद् गुरुङले अवलोकनको क्रममा नौलो लागेपछि उहाँले चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गर्नुभएको थियो । नौलो देखिएको चराको यकिन पुष्टयाँईका लागि गुरुङले नेपाल वर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाएका थिए। प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूको राय सुझाव प्राप्त भएपछि मात्रै खैरो झाडीफिस्टो चरा भेटिएको पुष्टि भएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।
पाससेरफरमर वर्गको लोसुचुडे परिवारमा पर्ने यो चरा भुटान, चीन, भारत, म्यानमार, भियतनाम र थाइल्यान्डमा आवासीय रूपमा पाइने डाक्टर सुवेदीले बताए । नेपालमा १९ औ शताब्दीको अभिलेख बाहेक अहिलेसम्म यस चराको अभिलेख नरहेकाले यस चरालाई नेपालबाट लोप भएको सूचिमा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन