.jpg)
बिगत ९ वर्ष देखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको हेल्मेट्स नेपालले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन ।
पहिलो चरणमा काठमाडौँका शोरुमहरु टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । नक्शाल स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा र नेपाल बिमा प्राधिकरण विच विद्युतिय सवारी साधनहरुको विमाबारे छलफल
- प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
- सिटिजन्स बैंकद्वारा १८ औं बार्षिकोत्सवको अवसरमा सडक आश्रीत घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन
- बिस्का जात्राको आठौँ दिन: सगुन जात्रा सम्पन्न
- प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न
- लुम्बिनी विकास बैँकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
- रिलायबल लाइफ इन्स्योरेन्सले खुल्ला गर्यो १ अर्व आकारको रिलायबल समृद्धि योजना
- पर्यटन प्रबर्द्धन गर्न कूटनीतिक प्रतिनिधिलाई पूर्वी नेपालको यात्रा