मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । यसै परिवेशमा मोबाईल बजारमा आक्रामक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ ।
अत्यन्तै आक्रामक बजारीकरणमा अगाडि बढीरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरु आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्डरोईट स्मार्टफोनको प्रिमियम अनुभूतीका लागि मोटोरोलाले स्टक एण्डरोईड अपरेटिङ सिस्टमको अनुभव दिलाउँछ । मूल्यका आधारमा उच्चतम फिचरहरु प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाईनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको छ ।
मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरु उतारेको हो । जोशी भन्छन्, “मोटोरोलाले मोबाईल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूती नेपाली उपभोक्ताले पाउने छन् । बजारमा स्मार्टफोन ल्याउनु पूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौं । जुन निक्कै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टि प्रति प्रतिबद्ध रहेका छौं ।”
नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाईज जि स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हासिल गर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन