काठमाडौंको सतुंगलमा अवस्थित श्री साई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ । पहिले देखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ ।
आज आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्ष लगायतले उक्त मल्टी ब्रान्ड शोरुमको उद्घाटन गरे ।
सो अवसरमा मेयर गिरीले चन्द्रागिरि नगर क्षेत्रलाई उत्कृष्ट बनाउने नगरपालिकाको चाहना भएको र कुनै पनि घरको फिनिसिङका लागि गुणस्तरीय स्यानिटरी र अन्य सामग्री उपलब्ध गराउने कार्यमा यस प्रकारका शोरुमको महत्वपूर्ण भूमिका हुने बताए ।
श्री सार्ई इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिका भित्रकै सबैभन्दा ठूलो मल्टी ब्रान्ड शोरुम शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्दै कुनै पनि घर परिवारका लागि आवश्यक सामग्रीको वान स्टप सोलुसनका रुपमा उक्त शोरुम विकास गरिएको बताए । उनले ग्राहक वर्गबाट पाएको लामो समयदेखिको माया सदैव कायम रहने अपेक्षा गर्दै ग्राहक सन्तुष्टिमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
श्री सार्ई इन्टरप्राइजेजलाई स्यानिटरी, टाइल तथा ग्रेनाइट एवम् पेन्टलगायतका सामग्रीका लागि मल्टी ब्रान्ड शोरुमको रुपमा विकास गरिएको छ । शोरुममा विश्व प्रसिद्ध स्यानिटरी र टायल लगायतका सामग्री उपलब्ध गराउने कम्पनी ज्यागुअर, हिन्दवेयर र कजारियालगायत कम्पनीका उत्पादन र एसियन पेन्ट्सका उत्पादन समेत उपलब्ध हुनेछन् । त्यसैगरी यही नै उत्पादन गरिएको जियो ब्रान्डका सामग्री समेत पाउन सकिने छ ।
उद्घाटनको अवसरमा अफरसमेत सार्वजनिक गरिएको छ । श्री सार्ई इन्टरप्राइजेजबाट कुनै पनि सामग्री किन्ने ग्राहकलाई भारी छुटमा ती सामग्री उपलब्ध हुने बताइएको छ ।
२०६९ सालदेखि स्यानिटरी, टायललगायतका सामग्रीको कारोबार गर्दै आइरहेको श्री इन्टरप्राइजेज हाल यो अवस्थामा आइपुगेको हो । युरोप र अमेरिकामा करिव १० वर्ष विताएर नेपालमै केही काम गर्ने चाहनाका साथ जगदिश पन्थीले यो व्यवसाय थालेका थिए । हाल धेरै युवाहरुले यसमा प्रत्यक्ष रोजगारी समेत पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउने समेत धेरै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान



ट्रेन्डिङ
खबरमुकाम





