काठमाडौँ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवको अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित श्रीरामजानकी मन्दिरमा भोलि (बुधबार, माघ ९, २०८१) देखि २४ घण्टे अष्टयाम एवम् धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गरिँदैछ ।
श्रीरामजानकी मन्दिर घडिअर्वा पोखरी अगाडि रहेको श्रीरामजानकी मन्दिरमा २४ घण्टे अष्टयाम एवम् धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गर्न लागिएको वीरगंज महानगरपालिका वडा नम्बर १० वडाध्यक्ष सुशील साह कानुले बताए ।
श्रीरामजानकी मन्दिरमा भगवान् श्रीरामको प्राणप्रतिष्ठा गरिएको एक पूरा भएको अवसरमा मन्दिर प्राङ्गणमा भोलि बिहानदेखि २४ घण्टे अष्टयाम एवम् धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
गत वर्ष जनवरी २१ तारखिका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको समुद्घाटन गरिनुका साथै रामलल्लाको प्राणप्रतिष्ठा गरिएकै दिन श्रीरामजानकी मन्दिरमापनि भगवान् श्रीरामको प्राणप्रतिष्ठा गरिएको थियो। त्यहि अवसरमा श्रीरामजानकी मन्दिरमा भोलि बिहान ८ बजेदेखि २४ घण्टे अष्टयाम पूजा सुरु हुने वडाध्यक्ष कानुले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






