काठमाडौं । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्रि तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रुपमा शुभारम्भ गरेका थिए।
बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको कार्यक्रममा हस्तकलाका सामग्री, बिभिन्न कपडाहरु ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तराष्ट्रिय ब्राण्डका तयारी पोशाकहरु प्रर्दशनीका साथै बिक्रि गरिएको थियो ।
उपप्रमुख लामा र अभिनेत्री कोईरालाले महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाईन् । कार्यक्रममा मनिषा भट्टराई वासकोटा र अनु पाठकले संयोजन गरेकी थिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







