काठमाडौँ । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेसनल हट बेलुन महोत्सव हुने भएको छ ।पोखराको पामे क्षेत्रमा पुस ९ गतेदेखि नौ दिने बिवाइडी इन्टरनेसनल बेलुन महोत्सव आयोजना गर्न लागिएको हो ।
आयोजक बेलुन नेपालका प्रबन्ध निर्देशक सविन महर्जनले अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत ३२ देशको सहभागिता रहने जानकारी दिए । बेलुन महोत्सवमा हरेक साँझ आतसबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङको पनि आयोजना हुने छ ।
प्रबन्ध निर्देशक महर्जनले महोत्सव पोखराको मात्र होइन, नेपालको अर्थतन्त्रमै कोसेढुङ्गाका रूपमा रहने दाबी गरे । पहिलो संस्करणको महोत्सवमा दुई दर्जनभन्दा धेरै बेलुन पर्यटन राजधानीको रूपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्ने छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गरी पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्नुका साथै साहसिक खेल पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखिएको छ ।
महोत्सव अवधिभर पोखराका स्थानीय साङ्गीतिक ब्यान्डका साथै दीपक वज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मङ्गोलियन हर्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता शीर्ष नेपाली कलाकारको साङ्गीतिक प्रस्तुति दैनिक रूपमा हुने छन् । बेलुनमै डिजे सत्र पनि चल्ने छ । बेलुन महोत्सवको ब्रान्ड एम्बेसडरका रूपमा अभिनेता राजेश हमाल र अभिनेतृ प्रियङ्का कार्की रहेको महर्जनले बताए ।
नेपालमा पहिलो पटक हुन लागेको बेलुन महोत्सव पहिलो पटक सन् १९७२ अमेरिकाबाट सुरु भएको हो । सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवर्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले बेलुन महोत्सवको व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकका रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







