काठमाडौं । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहासिक महत्त्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । सोमबार रातिबाट नवदुर्गा भवानीको जात्रा सुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ ।
मध्यरातसम्म भवानीको पूजा हुने भवानी जात्रामा तान्त्रिक विधिद्वारा पूजाअर्चना गर्ने गरिन्छ । भवानी जात्रामा तान्त्रिक अनुष्ठान गर्ने गरिन्छ । वर्षको ८ महिनासम्मको मकुण्डोसहितको जात्रा हरेक वर्ष यसै समयमा दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणको भेटघाट तथा प्रसाद आदानप्रदान हुन्छ ।
पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र मुल प्रसाद भैरवको हातमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मुलचोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रूपमा भेट गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुः बाहाँं लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ ।
यसैगरी, जय वागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछा मार्ने जात्राको लागि खः जुयेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछा मार्ने नाचसँगै महाकाली नाच र सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाच सम्पन्न गरी पुनः भक्तपुर नपामा फर्किने चलन छ ।
सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मकुण्डो, पोशाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमुमा राखेर बोक्दै जानुपर्ने परम्परा अहिलेसम्म छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाको नयाँ नेतृत्वमा रवि निकट नेताको वर्चस्व, असिम शाह बने अपवाद
- होर्मुजमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले लगाए इरानमाथि आरोप
- कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी
- रास्वपाको महामन्त्रीमा ८ जनाको मात्र उम्मेदवारीः शिशिर खनालले किन लिए फिर्ता
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम







