काठमाडाैँ । पाटा नेपाल च्याप्टरले ग्वान्जाउ इन्टरनेशनल ट्राभल फेयर (GITF) को निमन्त्रणामा डिसेम्बर २, २०२४ मा ग्वान्जाउमा र डिसेम्बर ४, २०२४ मा चीनको सेन्जेनमा आयोजित न्क्ष्त्ँ र ल्क्ष्ऋभ् २०२५ रोड शोमा सक्रिय सहभागिता जनाउदै कार्यक्रममा सहभागि २५० भन्दा बढी आउटबाउन्ड टुर अपरेटरहरू र मिडिया प्रतिनिधिहरू समक्ष गन्तव्य नेपाल र आगामी फेब्रुअरी २४ देखि २६, २०२५ सम्म नेपालको पर्यटन राजधानी–पोखरामा आयोजना हुने नेपाल इन्डिया चाइना एक्स्पो (NICE) २०२५ को प्रवर्धन गरेको छ ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल, र नाईस २०२५ का सद्भावना राजदूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्रा. डा. वोल्फगाङ जोर्ज अर्ल्टले नेपालको पर्यटन सम्भावनाहरू उजागर गर्दै पर्यटन बिकास र प्रवर्धनका लागि सहकार्य र पर्यटन आदानप्रदानका असीमित अवसरहरूमा जोड दिए ।
नेपालका सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा “नेपाल पर्यटन वर्ष २०२५“ को औपचारिक घोषणा संगै मेल खाएको रोडशोले नाईस कार्यक्रमलाई अपेक्षित उद्धेश्य प्राप्तिका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा चिनाएको छ ।
पाटा नेपालका अध्यक्ष खेम लकाईले आफ्नो उद्घाटन मन्तव्यमा चिनियाँ टुर अपरेटरहरूलाई कार्यक्रममा सहभागी हुन न्यानो निमन्त्रणा दिए । उनले भने, “प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असीमित सम्भावनाहरूले भरिएको नेपालले तपाईंलाई न्यानोपन र जीवन्त अनुभव महसुस गर्न पहिलो पटक आयोजना हुनगैरहेको ल्क्ष्ऋभ् एक्स्पोमा स्वागत गर्न चाहन्छौं।”

पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालले “एशियाली आउटबाउन्ड पर्यटन“ सम्बन्धी मुख्य तथ्यहरू प्रस्तुत गर्दै नाईस २०२५ को कार्यक्रमको बिवरण र यसले नेपालका दुई प्रमुख स्रोत बजारहरू भारत र चीनलाई लक्षित गर्दै पर्यटन आदानप्रदानलाई प्रवर्द्धन गर्नमा खेल्ने भूमिका उपर प्रस्तुतीकरण गरे।
त्यसैगरी, प्रा. डा. वोल्फगाङ जोर्ज अर्ल्टले चीनको आउटबाउन्ड पर्यटन बजारका समसामयिक जानकारीहरू सम्बन्धी प्रशुतीकरण पेश गरे । उनले भ्रमणका आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्दै नेपालको अतुलनीय पर्यटकीय उपजहरु र प्रख्यात आतिथ्यतामाथि जोड दिँदै नेपाल समक्ष विश्वभरका यात्रुहरूलाई घुम्न आकर्षित र प्रेरित गर्ने गुणहरू रहेको बताए।
जीआईटीएफकी प्रमुख क्याथी सुईले पाटा नेपाल च्याप्टरसँग सहकार्य गर्न पाउँदा र नेपालको पर्यटन प्रवर्धन र विकासका लागि NICE 2024 को साझेदार संस्थाको रुपमा सहकार्य र सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
हालसम्म, चीन र भारतबाट २०० भन्दा बढी क्रेताहरुले ल्क्ष्ऋभ् द्दण्द्दछ का लागि आवेदन दर्ता गरिसकेका छन्। NICE 2024 का “प्रिफर्ड पार्टनर” GIFT द्वारा आयोजित रोड शोले चिनियाँ आउटबाउन्ड अपरेटरहरू बीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र आगामी हप्ताहरूमा थप क्रेताहरुले आवेदन दर्ता गर्ने अनुमान गरिएको छ। यी दर्ताहरूबाट नाईस क्रेता छनौट समितिले क्रेताहरुको गुणस्तर र प्रभाव सुनिश्चित गर्न उपयुक्त सहभागीहरूलाई चयन गर्नेछ ।
NICE 2024 नजिकिँदै गर्दा, पाटा नेपाल च्याप्टर यस ऐतिहासिक कार्यक्रम मार्फत क्षेत्रीय सहकार्यलाई सुदृढ गर्दै पर्यटन सम्बन्ध र ब्यापार आदानप्रदान प्रवर्द्धन गर्न तथा नेपाललाई विश्व यात्रुहरूमाझ एक प्रमुख आकर्षक गन्तव्यका रुपमा प्रवर्धन गर्ने अठोट लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







