काठमाडौं । आउँदो शनिबार सोल्टी होटल काठमाडौंमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता संचालन गर्दै आएको एवन बजारको २०२४ संस्करण आउने शनिवार डिसेम्बर ७ मा आयोजना हुने भएको हो । जसको अमेरिकी राजदुत डिन आर थम्पसनले विहान ११ बजे उद्धाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदुत तथा कुटनितीज्ञहरुले सहभागिता जनाउनेछन् ।
एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिईदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका स्टलहरु रहनेछन् । विभिन्न किसिमका आकर्षक स्थानिय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरु समेत रहने यस एवन बजारमा बालबालिकाका लागि विशेष आकर्षण रहने छ ।
यस बजारमा बालबालिकाका लागि विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु संचालन गरिनेछ । एवन बजारबाट संकलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिने गरिएको छ । ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो ।
जुन समयसँगै अमेरिकन एम्बेसीमा सीमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो । भूकम्प, कोभिड, वाढी, पहिरो जस्ता दैवी प्रकोपमा विभिन्न किसिमका सहयोग गरेको एवनले असहाय तथा आर्थिक रुपमा विपन्न ब्याक्तिलाई ह्विल चेयर वितरण, औषधी उपचार सहयोग, छात्रबृत्ती प्रदान लगायतका कार्यहरुमा सक्रियता जनाउँदै आएको छ । यहाँ स्मरणीय छ हाल एवन की अनररी प्रेसिडेन्ट अमेरिकी दुतावास की जेन क्रिल थाम्पसन रहेकी छिन् । उनी अमेरिकी राजदुत श्रीमती हुन् ।
सोल्टी होटल परिसरमा शनिवार विहान ९ बजे देखी साँझ ६ बजे सम्म आयोजना गरिने एवन वजार बाट संकलित रकम आगामी बर्षका च्यारिटेबल कार्यहरुमा खर्च गरिनेछ । यो कार्यक्रमको महत्व बारे उजागार गर्दै एवन की प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठ भन्छिन्, “यो एवन बजार मनोरंजनका लागि मात्र होईन, यो एउटा अवसर पनि हो, परोपकारी भावनाको साटासाटको । हामी बर्षेनी एवन बजार आयोजना गरेर नयाँ सालको स्वागतको तयारी मात्र होईन, परोपकारी हातहरु जुटाउने र एकठाउँमा भेला भएर सहयोगका प्रतिबद्धताहरु पनि गर्छौं ।”
यस एवन बजार २०२४ मा यात्रा म्यागेजिन, टर्किस एअरलाईन्स, नेपाल एअरलाईन्स, यती एअरलाईन्स, आइविवी वेवि डाईपर, केफ किचन एप्लाईन्सेस, अरुण चौधरी फाउण्डेसन, ग्लोबल आईएमई बैंक, सुमेरु हस्पिटल, ट्रान्क्विवालीटी स्पा, रुपिज् इन्टरनेशनल स्कूल र प्राईम बैंक लिमिटेडले प्रायोजन गरेको छ । यस कार्यक्रमको लागि होटल सोल्टी भेन्यू साझेदारको रुपमा रहेको छ । सोल्टी काठमाडौँका महाप्रबन्धक श्री अविनाश देशमुखले, समुदायको उत्थानका लागि समर्थन गर्ने द सोल्टी होटेल्स एण्ड रिसोर्ट्सको प्रतिबद्धतासँग मेल खाने कार्यक्रम एवन बजारको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







