काठमाडौँ । नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य (DP) कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिग (NPL) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ ।
नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत श्री अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर श्री राज जंग थापाको उपस्थितिमा भएको थियो ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केट Share Market को बारेमा जनचेतना सिर्जना गर्नु हो ।
नेपाल डिपि लिमिटेडले यसको प्रवद्र्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम Panel Discussion Programme आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिग (NPL) को अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।
लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन । फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल (IPL) ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व U-19 वल्र्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।
नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







