काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसंग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्तरक्रिया आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
प्रदेश सरकारलाई बलियो बनाउने गरि आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भईरहेको उनको भनाई छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्णरुपमा संचालन गर्नका लागि सरकार प्रयासरत रहेको उनको भनाई छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्विनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ ।
लुम्विनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पुर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए। भारतीय पर्यटकलाई चेकजा“चका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ । लुम्विनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए ।
भैरहवा विमानस्थल पुर्णरुपमा सञ्चालन गर्नका लागि सवैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





