खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले वीरगञ्जका होटलहरुको वर्गीकरण तथा लोगो नवीकरण कार्य शुरु गरेको छ ।
कार्यालयले वीरगञ्जका विभिन्न होटलहरुको भान्साको सरसफाइ, खाद्यजन्य पदार्थहरुको भण्डारण गर्ने विधि र कोल्डचेन प्रविधि लगायतको अनुगमन गरी खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न होटलहरुको स्तर निर्धारण गरी वर्गीकरण शुरु गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयोजन एवम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वीरगञ्जका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जका दस वटा होटलहरुको अनुगमन गरेको थियो ।अनुगमन गरिएका सबै होटलहरुको भान्सा, भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको चेकजाँच गर्नुको साथै टेस्टो मिटरद्वारा भन्सामा प्रयोग गरिएका तेलको गुणस्तर समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सुरेसकुमार सिंहले बताए ।
अनुगमन गरिएका दश होटलहमध्ये सरोबर प्रोटिक होटल, होटल दियालो र भिस्वा होटल गरी तीनवटा होटलहरुलाइ खाद्य स्वच्छताको आधारमा अति उत्तम (३ स्टार) प्रमाणीकरण गरी लोगो वितरण एवम नवीकरण गरिएको अनुगमन टोली संयोजन सदस्य एवम् होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताए ।
सो क्रममा पन्तले लोगो वितरणमा कुनै पनि होटलहरुलाई पक्षपात हुन नहुने र त्यसो नगरिने प्रतिबद्धता समेत जनाए । उनले वीरगञ्जका सबै होटलहरुलाई खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन अनुरोध समेत गरे । टोलीले खाद्य स्वच्छताको आधारमा होटल पुजन ,होटल मकालु र अनमोल स्वीटलाई उत्तममा वर्गीकरण गरेर २ स्टारको लोगो वितरण गरिएको थियो । त्यसै गरी कन्ट्री इन होटल प्रालि र कैलाश होटल र मेजवान होटललाई १ स्टारको लोगो दिइएको थियो भने डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको सङ्केत दिएर केही सुधारको निर्देशन समेत दिइएको थियो । यसै क्रममा अनुगमन टोलीले होटलका सञ्चालकहरु लाई खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा सही गराएर हस्तान्तरण गरेको थियो ।
अनुगमन टोलीमा वाणिज्य कार्यालय वीरगञ्जका सुनिल चौरसिया, वीरगञ्ज उद्योग बाणिज्य संघका मनोजकुमार दास, वीरगञ्ज महानगरका प्रतिनिधि विभा मिश्र जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






