काठमाडौं । प्रतिभाशाली अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।
यो सांस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबीचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । “कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन; सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ” नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने । यस्ता कार्यक्रमले एकअर्काको सांस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए ।
।
मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।
प्यान्टोमाइम रंगमञ्चीय प्रस्तुति हो । यसमा कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा प्रस्तुत गरिन्छ ।
यसअघि पनि कैयौंपटक सफलतापूर्वक सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको अस्ट्रियन दूतावासले अगाामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







