काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।
दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ ।
साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- 'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
- विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
- नटेक अलायन्स नेपाल नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने घोषणा
- नेपाल लाइफको बोनस दर सार्वजनिकः विषम परिस्थितिमा पनि बोनस दर स्थिर राख्न सफल
- दराजद्वारा बृहत बचत तथा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा
- विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री भित्र्याउँदै सत्यदिप इन्टरनेसनल
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- इलाममा सन नेपाल लाइफको हरित योगदान- एक हजार बिरुवासहित अभियान (फोटो फिचर)


ट्रेन्डिङ
खबरमुकाम









