
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले किँरात धार्मिकस्थलका रुपमा रहेको माङसेबुसङ क्षेत्रलाई धार्मिक क्षेत्र विकासका रुपमा विस्तार गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा। कोइरालाले इलामको लारुम्बास्थित माङसेबुुङलाई पशुपतिनाथ क्षेत्र विकासजस्तै गरेर विकास गर्नुुपर्नेमा जोड दिए ।
‘संस्कृतिको जगेर्ना गर्नुपर्छ, संस्कृति भनेको व्यक्ति, समाज र समुदायको पहिचान हो’ कोइरालाले भने ‘धार्मिक र आध्यात्मिक क्षेत्रको तपोभूमि नेपाल समस्त मानव जातिको आकर्षणको केन्द्रका रूपमा रहेको छ । माङसेबुुङ पनि एक तपोभूमि हो ।’
कोइरालाले फाल्गुनन्दको अवतरणले ज्ञान र चेतनाको ज्योति प्रदान गरेको भन्दै फाल्गुनन्दले कोरेको बाटोलाई पनि सही ढंगले पहिचान गरी त्यसको संरक्षण सम्वर्धनमा लाग्नुपर्ने बताए । जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा माङसेबुुङस्थित किँरात धर्मगुरु आत्मनन्द लिङदेनको समेत उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा र नेपाल बिमा प्राधिकरण विच विद्युतिय सवारी साधनहरुको विमाबारे छलफल
- प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
- सिटिजन्स बैंकद्वारा १८ औं बार्षिकोत्सवको अवसरमा सडक आश्रीत घरबारविहीनलाई १८ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर संचालन
- बिस्का जात्राको आठौँ दिन: सगुन जात्रा सम्पन्न
- प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न
- लुम्बिनी विकास बैँकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा लाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
- रिलायबल लाइफ इन्स्योरेन्सले खुल्ला गर्यो १ अर्व आकारको रिलायबल समृद्धि योजना
- पर्यटन प्रबर्द्धन गर्न कूटनीतिक प्रतिनिधिलाई पूर्वी नेपालको यात्रा