काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले किँरात धार्मिकस्थलका रुपमा रहेको माङसेबुसङ क्षेत्रलाई धार्मिक क्षेत्र विकासका रुपमा विस्तार गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा। कोइरालाले इलामको लारुम्बास्थित माङसेबुुङलाई पशुपतिनाथ क्षेत्र विकासजस्तै गरेर विकास गर्नुुपर्नेमा जोड दिए ।
‘संस्कृतिको जगेर्ना गर्नुपर्छ, संस्कृति भनेको व्यक्ति, समाज र समुदायको पहिचान हो’ कोइरालाले भने ‘धार्मिक र आध्यात्मिक क्षेत्रको तपोभूमि नेपाल समस्त मानव जातिको आकर्षणको केन्द्रका रूपमा रहेको छ । माङसेबुुङ पनि एक तपोभूमि हो ।’
कोइरालाले फाल्गुनन्दको अवतरणले ज्ञान र चेतनाको ज्योति प्रदान गरेको भन्दै फाल्गुनन्दले कोरेको बाटोलाई पनि सही ढंगले पहिचान गरी त्यसको संरक्षण सम्वर्धनमा लाग्नुपर्ने बताए । जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा माङसेबुुङस्थित किँरात धर्मगुरु आत्मनन्द लिङदेनको समेत उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






