काठमाडौँ । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक बिसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम बिसीको शब्द र सङ्गीत, केशव बडुको म्युजिक रेकर्ड एवम् श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ गीतमा ।
विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायाङ्कन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक/श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार बिसीले भने । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताए ।
गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिकी ममता सानैदेखि गीत संगीतमा रुची राख्थिन् । उनी यतिवेला पढाइको सिलसिलामा काठमाडौँ बस्दै आएकी छिन् । ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु,’ ममता भन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







