काठमाडौँ । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको संगमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ। मनोरम दृश्यले मनै लोभ्याउने साल्पापोखरी अहिले पर्यटकको पर्खाईमा छ ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ ।
साल्पापोखरी जाने क्रममा बाटामा पर्ने भेडेटार डाँडाले मनै फुरुङ्ङ बनाउँछ। पूर्वको एक रमणीय पर्यटकीयस्थल भेडेटारबाट पहाडका घुम्ती सडक हुँदै तमोर नदीतर्फ झरेर नदी किनारै किनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले। पाख्रिबासडाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो अनुभूति हुने गर्दछ ।
तुम्लिङ्टार हुँदै जाँदा तलतिर कलकल बगिररहेको अरुण देख्दा धेरैलाई जीवनको फरक अनुभव लाग्न सक्छ। नदीमा पुल नहुँदा त्यहाँ आइपुगेका यातायातका साधनहरू फेरीबाट वारपार गर्ने गरिन्छ। अरुण वारि र पारि भोजपुर जिल्ला नै पर्दछ। खोटाङको खानिडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रुपाकोट, सुङ्देल हुँदै पनि तीन दिनको पैदलयात्रा गर्दै साल्पापोखरी पुग्न सकिने पदमार्ग छ।
पहिलो पटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेका थिए। सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरीनजिक शिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन्।
शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृंखला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजंगल देख्दा जो कोहीको पनि मन प्रफुल्ल हुन्छ। अरुणमा रहेको झोलुङ्गे पुल तरेर भोजपुरको षडानन्द नगरपालिका, कात्तिके हुँदै कच्ची सडकमा जिपको यात्राको अनुभव पनि बिर्सन सकिंदैन।
भोजपुर जिल्लाका गाउँका धेरै खेतबारी र पाखामा रुद्राक्षका बोट प्रशस्त देख्न सकिन्छ। केही वर्षयता रुद्राक्ष यहाँका धेरैको आम्दानीको स्रोत बनेको छ। यो शिवको आँसु मानिन्छ जसको जप गरिन्छ, माला लगाइन्छ र देवीदेवतालाई पनि चढाइन्छ। आबाल ब्रह्मचारी षडानन्द गुरुले नै सुरुमा ती बोट लगाएका थिए भनिन्छ।
‘जी फाउन्डेसन’ नामक संस्थाले यस क्षेत्रमा सामुदायिक पूर्वाधार विकासका लागि जीविकोपार्जन कार्यक्रममार्फत पर्यापर्यटनको विकास र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गरेको छ। कार्यक्रम मार्फत कृषि, करेसाबारी, उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गरिएको र यसबाट स्थानीयवासीको जीवनस्तरमा सुधार आएको कार्यक्रमका सीताराम थापा मगरले बताए।
केन्द्रीय प्रसारणको लाइन विस्तार नभएकाले गाउँपालिकाकाका प्रत्येक घरका धुरीमा सोलार प्यानल राखी सौर्य उज्यालो प्राप्त गरिएको छ। फेदी गाउँका कतिपय महिला उद्यमीले लोक्ताको कपडा, राडी बुनेर आयआर्जन गरेका छन्। उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणमा समस्या रहेको उपाध्यक्ष अस्मिता राईले बताइन्।
साल्पा पोखरी पुग्न फेदी गाउँबाट ठाडो उकालो हिंड्नुपर्छ । ढुंगाको सिंढी ठाउँठाउँमा रहेका थुम्काहरूमा पुग्दा फूलहरू मनै हलुका भए जस्तो लाग्दछ। तीन हजार ४३४ मिटर उचाइमा पुग्नु थियो। फेदी गाउँबाट हिंडेको साढे दुई घन्टापछि जौबारीबाट वरिपरिका गाउँबस्तीको रमणीय दृश्य देख्न सकिन्छ। जौबारीमा जौ र आलु राम्रो खेती हुने गर्दछ।
जति माथि गयो, थकाइलाई वरपरको रोमाञ्चक दृश्यले फुर्तिलो बनाउँछ। वनमा फुलेका लालीगुराँसले मनलाई आनन्दित गराइरहेका थिए, थकाइको अनुभूति नै हुँदैन। उकालो जाँदै गर्दा बाटामा भेटिने चौंरीखर्क र लालीगुराँसको दृश्यलाई कैद गर्न क्यामरा र मोवाइल फोनलाई फुर्सदै हुँदैन।
भोजपुरका प्रमुखको रमाइलो गीत, मनोरम दृश्यको स्वाद लिंदै हिंडिंरहँदा माबु भेटिन्छ, जहाँ ‘मुन्दुम पदमार्ग’ जोडिन आइपुग्छ। गाउँपालिकाले जि९फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ।
स्विस सरकार, कोशी प्रदेश सरकार तथा स्थानीय तहमध्ये भोजपुरको टेम्के, मैयुङ र साल्पासिलिच्छो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाले लागत साझेदारी गरेको सो पदमार्ग अंग्रेजी अक्षर ‘वाइ’ आकारमा निर्माण भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





