स्वर्गको एक टुक्रा : सभापोखरी

काठमाडौँ । देउताहरूले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ । यहि पोखरीको नाममा नै गाउँपालिकाको नाम पनि सभापोखरी गाउँपालिका बनेको र यहि पोखरीको नाममा सभाखोलाको पनि नाम रहन गएको हो ।
संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीको एक महत्वपूर्ण स्थल हो । 

संखुवासभा जिल्लामा पर्ने यो सभा पोखरीको लम्बाई २ सय मिटर र चौडाइ करिब एक सय मिटर छ । यो समुद्र सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । पोखरीको दर्शन गर्न वर्षमा करिब चार हजार आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटकहरू पुग्ने गरेका छन् । पोखरीको आसपासमा दर्शनार्थी बस्नको लागि दुई वटा पाटी बनिसकेका छन् भने एउटा पाटी निमार्णधीन अवस्थामा रहेको छ ।
 

धार्मिक तथा सांस्कृतिक महत्व
पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । त्यस पोखरीमा जनै पुर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरू पुग्ने गरेका छन् । यहाँ सन्तान नहुनेहरूले पूजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरू पूजा गर्न पुग्ने गरेका छन् । यस पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ ।

किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनास रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । वेदव्यासले सम्पूर्ण देवी–देवताहरूलाई भेला गराएर पुराण भनेका थिए ।
हरियाली वातावरण बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान भएकोले यसले पर्यटकिय महत्व बोकेको छ ।

पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने अवस्था छ । पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्र्याउन सकिन्छ ।
सभापोखरी सदरमुकाम खाँदबारीबाट ४ दिनको पैदल दूरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै