काठमाडौं । उत्तरगया-२ डाँडागाउँ, रसुवामा पर्ने भाङ्गे झरना पर्यटकको लागि प्रमुख गन्तव्य बनेको छ। काठमाडौँबाट ९० किलोमिटरसम्म सवारी साधनको यात्रा गरी मनोरम दृश्य अवलोकन गर्न भाङ्गे झरना पुग्न सकिन्छ। मैलुङ खोला जाने बाटोमा पर्ने भएकोले यसलाई मैलुङ झरना पनि भनिन्छ । त्रिशुली नदीको किनारै किनारबाट माथि हेर्दा देखिने झरनाको सुन्दर दृश्य, हरिया वनजङ्गल, त्रिशुली नदीको सुस्केरा, जसले त्यहाँसम्म पुग्ने जो कोहीलाई पनि मोहित बनाउँछ ।
झरनाको किनारबाट दृश्य हेरिसकेपछि डाँडागाउँ अर्थात् ठूलो गाउँ प्रवेशद्वार हुँदै माथितिर गएपछि एउटा गाउँमा पुगिन्छ। उक्त गाउँको पर छेउबाट जुन दृश्य देखिन्छ त्यो दृश्य सायद शब्दमा व्यक्त गर्न सकिँदैन । भाङ्गे झरना हेर्न जाने आन्तरिक पर्यटकको संख्या अहिले दिनहुँ बढ्दै गैइरहेको छ ।
काठमाडौँबाट तीन घण्टाको यात्रामा पुग्न सकिने यस ठाउँमा एकदिन होमस्टेमा पनि बस्न सकिन्छ। भाङ्गे झरना हेर्न आउने पर्यटकको एक रात त्यहाँ बिताउने इच्छाले यस वर्षदेखि होमस्टे पनि सञ्चालन गरेको सापकोटा होमस्टेका सञ्चालक साधुराम सापकोटाले बताए यसलाई अर्को वर्षदेखि अझ बृहत रुपमा व्यवस्थापनसहित सञ्चालन गर्ने उनको योजना छ। सापकोटा होमस्टेमा लोकल कुखुराको मासु लोकल दाल तरकारी स्थानीय परिकारहरु साथै टेन्ट राखेर बस्ने व्यबस्था पनि रहेको उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






