काठमाडौँ । शिक्षणलाई पेशा र सङ्गीतलाई ‘प्यासन’को रूपमा दशकदेखि निरन्तर लागि परिरहेका गायक कुमार दवाडीले दशैँ कोसेलीस्वरूप नयाँ गीत सार्वजनिक गरेका छन् ।
डा. कृष्णहरी बरालका शब्दमा दिपक भट्टराईले सङ्गीत उनेको ‘जिन्दगानी प्यारो लाग्छ’ बोलको गीतमा सुमधुर आवाज भरेका छन् । एक दशकभन्दा लामो समयदेखि सङ्गीतको अध्ययनमा समेत रहेका उनले दशैंको छेकपारि ल्याएको गीतले माया, जीन्दगी र विश्वासका कथा भनेको छ ।
उनको आफ्नै ‘कुमार दवाडी’ युट्युव मार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा निर्देशक युवराज वाईवाले ‘क्लासिक लभस्टोरी’ को छनक दिएका छन् । रिवाज गौतम र दिपिका शाहको चुलबुले र मायावी चाल–ढाल म्युजिक भिडियोमा देख्न सकिन्छ । तीन वर्षअघि उनले ‘नबोली जित्छौ तिमी’ बोलको गीतसँगै म्युजिक भिडियो ल्याएका थिए ।
डेढ दशकदेखि काठमाडौँमा रहेर शिक्षणसँगै सङ्गीतलाई अघि बढाइरहेका उनले आगामी दिनमा सङ्गीतलाई थप समय दिने पनि बताएका छन् । किशोरावस्थादेखि नै गीत–सङ्गीतमा रुची राख्ने उनी ‘बिक्नेभन्दा पनि टिक्ने’ सङ्गीत आफ्नो रोजाइमा पर्ने सुनाउँछन् । (भिडियो हेर्न) तलको लिङ्कमा जानुहोस् ।)
https://www.youtube.com/embed/BbfRqrN04OE
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







