काठमाडौँ । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा शुभकामना दिँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
अध्यक्ष सिलवालले भने, ‘बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ, क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो, कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्छ ।’
हालैको बाढी तथा पहिरोबाट कृषिक्षेत्र बाहेक सडक र पुलमा मात्रै २७ अर्ब रूपियाँभन्दा बढी क्षति भएको उल्लेख गर्दै उनले भने, “सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमा मार्फत लगानीको सुरक्षण समेत गर्नु आवश्यक छ, क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ, बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ, यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।”
अध्यक्ष सिलवालले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्दै बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारले गरेकी थिइन् ।
कार्यक्रममा नेपाल बीमक सङ्घ, नेपाल जीवन बीमक सङ्घ र लघु बीमक सङ्घका अध्यक्ष, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






