काठमाडौँ । एभरेष्ट बैङ्क लिमिटेडको ३० औँ वार्षिक साधारण सभा यही असोज २० मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नवीन भक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई आगामी ४ बर्षका लागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ.व. २०८१/८२ को लागि श्री एन. अमात्य एन्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने
- आज प्रतिनिधिसभा बैठक बस्दै, भूमिहीन र सुकुमवासीको मुद्दामाथि विशेष छलफल हुने
- आज धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी
- अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण

ट्रेन्डिङ
खबरमुकाम






