काठमाडौँ । सन् २०२४ को सेप्टेम्बरसम्म आइपुग्दा नेपाल भित्रिने पर्यटकको आँकडामा सुधार आएको छ । यसपटक चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल भित्रिएका हुन् । जसमध्ये सेप्टेम्बरमा मात्रै ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले बताएको छ ।
सन् २०२४ को सेप्टेम्बरमा नेपाल भित्रिएका पर्यटक सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले बढेको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘गत वर्ष सेप्टेबरको तुलनामा यो वर्ष पाँच हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका थिए । कारोना महामारीअघि सन् २०१९ को सोही अवधिमा ९२ हजार छ सय पर्यटक नेपाल भित्रिएकाले यो वर्ष विगत चार वर्षयताकै सर्वाधिक पर्यटक आगमन भएको देखिन्छ ।’
सेप्टेम्बरमा प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण नेपाल भित्रिने भारतीय पर्यटक सङ्ख्यामा भने करिब २० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए ।
निर्देशक लामिछानेका अनुसार यो वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२३ को सोही अवधिमा २८ हजार ६९४ पर्यटक नेपाल आएका थिए । यो वर्षको सेप्टेम्बरमा चीन, अमेरिका र युरोपियन मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने बढेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






