काठमाडौँ । पर्यटकिय राजधानी पोखराबाट ५६ किलोमीटरको दुरिमा रहेको पर्वत जिल्ला विभिन्न कारणले पर्यटकिय सम्भावना बोकेको जिल्ला हो । पर्वतमा प्राकृतिक सुन्दरताको दृश्यका साथै सांस्कृतिक तथा ऐतिहासिक स्थलहरु पनि प्रशस्त छन् । यिनै पर्वत जिल्लाको विभिन्न प्राकृतिक छटाको मनोरम दृश्यावलोकन गर्न तथा ऐतिहासिक, धार्मिकस्थलको अवलोकन गर्न धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गर्दछन् ।
वर्षा ऋतु सकिएर शरद ऋतुको आगमनसंगै पर्यटन याम पनि सुरु भएको छ । अहिले झन् दशैँ सुरु हुनै लाग्दा पर्यटकको चहलपहल बढ्न थालेसंगै सुनसान बनेको पर्वतका विभिन्न ठाउँमा संचालित होमस्टे पर्यटकको पर्खाईमा छन् । २ बर्ष अघिको कोभिड १९ को प्रभाव, आर्थिक मन्दी र अहिले वर्षा यामका कारण सडक सन्जालको पहुँच नहुँदा सुनसान बनेको पर्वतका सामुदायिक होमस्टे हरुमा अहिले भने पर्यटकको चहलपहल बढ्न थालेको छ । पर्वतमा करिब ६० भन्दा बढी सामुदायिक होमस्टेहरु सन्चालनमा छन् । यिनै ग्रामीण क्षेत्रमा संचालित होमस्टेहरुमा बार्षिक ३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको तथ्यांक छ । अब भने अवस्था सामान्य भएसंगै यो तथ्याङ्क बढ्नेमा होमस्टे सन्चालकहरु ढुक्क छन् ।
गण्डकी प्रदेशकै अग्रणी होमस्टे सेवा प्रदान गर्दै आएको मोदि गाउँपालिका, चित्रे स्थित सामुदायिक होमस्टेमा आउने पाहुनाहरुको संख्या दैनिक जस्तो बढ्दै गएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पन्चासेको काखमा रहेको चित्रेबाट देखिने मनोरम प्राकृतिक दृश्यको साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउने पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पन्चासेमा पदयात्रा गर्न जाने रुट रहेको कारण पदयात्रा गर्न जाने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ । त्यस्तै मनङ्ग,मुस्ताङ जाने सडक पर्वत भएर जाने भएकाले मनाङ्ग घुम्न जाने पर्यटकहरु पनि यहि पर्वतका मनोरम दृश्यको अबलोकन गर्दै होमस्टेको अनुभव लिएर जान्छन् । होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाहरुबाट टिका, फुल, र मालाले गरिने आतिथ्य सत्कार, खानाको रुपमा उपलब्ध हुने मौलिक तथा अर्गानिक परिकारहरु : कोदोको पिठोबाट बनाईएको पुवा, सेलरोटी, गुन्द्रुक र भट्टको अचार , लेकको चिसो पानीले मथेर बनाईएको मोहिले धेरैलाई लोभ्याउँछ ।
चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक स्थानिय खानाको स्वादसंगै मौलिक पन्चेबाजाको ताल, भजन टोलीको प्रस्तुतिले छुट्टै आनन्दित बनाउँछ । यससंगै पर्वत जिल्लामा पछिल्लोपटक पर्यटन प्रबर्द्धनको सम्भावनालाई बढावा दिन भौतिक सम्पदाहरु जस्तै : कालिगण्डकि नदिमाथी बनेको बन्जिजम्प, जिपलाईन जस्ता साहसिक खेलले पर्यटकलाई आकर्षक गरेको छ ।
पर्वतका विभिन्न स्थानमा सुविधा सम्पन्न होटल, रेस्टुरेण्ट संञ्चालनमा आएको छ । यसले स्थानीयलाई रोजगारी दिएको छ भने उनीहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनमाविश्वास जागेको छ । पर्यटन प्रवद्र्धनका लागि जिल्लामा संम्भावना बढ्दै गर्दा केन्द्र, प्रदेश र स्थानीय सरकारले निश्चित रकमको बजेट र कार्यक्रम विनियोजन गर्न सक्ने हो भने झनै पर्यटनको व्यावसायिक विकासमा टेवा पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






