काठमाडौँ । ह्युमन रिसोर्स सोसाइटी नेपालले काठमाडौँको एभरेष्ट होटेलमा १३ औं राष्ट्रिय मानव संसाधन सम्मेलन सफलतापूर्वक सम्पन्न गर्यो । यस वर्षको सम्मेलनको मुख्य विषय ‘मानव केन्द्रित नेतृत्व– प्रबिधी र संगठनभन्दा अगाडि’ रहेको थियो । सम्मेलनमा नेपालभरबाट करिब २०० जना मानव संसाधन विज्ञहरुको सहभागिता रहेको थियो ।
सम्मेलनको अध्यक्षता सोसाइटीका अध्यक्ष श्री टेकराज शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरद सिंह भण्डारीले उद्घाटन गर्नुभयो। कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुश्री सुमना श्रेष्ठ र भारतको नेशनल एचआरडी नेटवर्कका अध्यक्ष श्री प्रेम सिंह सहभागी हुनुहुन्थ्यो।
सम्मेलनमा राष्ट्रिय वक्ताहरुको विभिन्न महत्त्वपूर्ण सत्रहरु सम्पन्न भए, जसमा प्रतिष्ठित व्यावसायिक नेताहरुको प्यानलले पनि विशेष सहभागीता जनाएका थिए। कार्यक्रममा नेतृत्वले कसरी प्रविधि र संगठनको परिधिलाई पार गरेर मानव केन्द्रित दृष्टिकोणलाई आत्मसात गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरियो। यसै अवसरमा ह्युमन रिसोर्स सोसाइटी नेपालको पहिलो समाचार पत्रिकाको पनि विमोचन गरियो।
ह्युमन रिसोर्स सोसाइटी नेपाल एक गैर(नाफामूलक संस्था हो, जसले संस्थाहरुमा उत्तम मानव संसाधन अभ्यासको कार्यान्वयनको वकालत गर्दै आएको छ। सोसाइटीले आफ्नो स्थापना कालदेखि नै नेपाली कामदारहरुको हितमा सरकारसँग मिलेर विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। वार्षिक राष्ट्रिय मानव संसाधन सम्मेलन र ज्ञान आदानप्रदानका कार्यक्रमहरू ह्युमन रिसोर्स सोसाइटी नेपालको प्रमुख पहलहरू हुन्, जसले मानव संसाधन उत्कृष्टताको प्रवर्धन गर्न योगदान पुर्याउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







