काठमाडौं, असोज ९ – काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन्। विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्न उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन्।
एरोक्टेसँग युरोपियन U16 च्याम्पियनसिप, यूरोपियन U17 च्याम्पियनसिप र विश्व U19 च्याम्पियनशिप जस्ता प्रतिष्ठित टूर्नामेन्टहरूमा राष्ट्रिय टिमबाट खेलेको अनुभव छ। उनले सन् २०२२ मा U18, U19 र U21 मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै टर्कीका लागि एक प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति स्थापित गरेकी छिन्।
क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, जुन उच्चतम व्यावसायिक महिला भलिबल लीग साथ साथै उनले टर्की काडिनलर भलिबल लीग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएर टर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छिन्। राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले BVA U16 मा मोस्ट भ्यालुएबल प्लेयर, BVA U17 मा बेस्ट सर्भर र युरोपियन च्याम्पियनशिप U17 मा बेस्ट अपोजिट सहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन्।
व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको असाधारण प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ। काठमाडौं स्पाइकर्समा आवद्ध भएकी एरोक्टेको उमेर २० वर्ष रहनुका साथै १९० सेन्टिमिटर उचाइकी छिन् ।
काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, “बलियो र सन्तुलित टिम निर्माण गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नै हामीले पेलिन एरोक्टेलाई साइन गरेका हौँ। टिममा उनले बहुमूल्य अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकता ल्याएकी छिन्। यसले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ। हामी उनको खेल्ने कलाले हाम्रा स्थानीय खेलाडीहरूलाई कसरी बलियो बनाउँछ भनेर हेर्न तत्पर छौं।”
काठमाडौं स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, “यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो। आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु। मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।”
एभरेष्ट वुमन्स भलिबल लिगको यात्रा सुरु हुनै लाग्दा एरोक्टेको आगमनबाट आफ्नो टिम थप बलियो बन्नेमा काठमाडौं स्पाइकर्स विश्वस्त छ। टिमले आफ्नो नयाँ स्टार खेलाडीसँग बलियो प्रदर्शन र अविस्मरणीय क्षणहरूको ठूलो अपेक्षा राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







