नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं तथा तिहारको विशेष छुट योजना "चढौं बेनेली, बाँडौं खुसी योजना" सार्वजनिक गरेको छ। कम्पनीका सेल्स तथा मार्केटिङ्ग म्यानेजर नबराज घिमिरेका अनुसार, यस योजनामा ग्राहकहरूले Benelli बाइकको खरिदमा रु. १ लाखसम्मको छुट पाउन सक्नेछन्।
यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन्।
यस अफरमा, Benelli Panarea 125cc बाइक रु. २,५०,००० मा उपलब्ध हुनेछ भने Benelli 180S रु. ३,३०,००० मा किन्न सकिनेछ। थप रूपमा, ग्राहकहरूले बेनेली ब्रान्डको हेलमेट, जसको बजार मूल्य रु. १२,००० छ, निःशुल्क पाउनेछन्। साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त रु. ३०,००० को मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ।
केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै Sunra इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ। यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन्।
बेनेलीको यो अफरले नेपाली बजारमा प्रिमियम बाइक चलाउने सपना सजिलै पूरा गराउन सहयोग पुर्याउनेछ!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







