आईएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना ल्याएको छ । सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
१८ वर्षभन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरु, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ ।
विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुक्ताानी बीमितको इच्छा अनुसार एकैपटक वा नियमितरुपमा तिर्न सकिनेछ ।
कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शीतालाई आफ्नो मुलमन्त्र मानेर काम गर्ने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






