काठमाडौं, सेप्टेम्बर १४– वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा स्पाइकर्सलाई सफलता दिलाउन तयार देखिएका छन्।
बलियो रणनीतिक कौशल र बलिया टिमहरू बनाउने क्षमताका लागि परिचित जगदीश भट्ट भलिबलका एक सम्मानित प्रशिक्षक हुन्। एशिया र युरोपका उच्चस्तरीय टिमहरूलाई प्रशिक्षण दिने अनुभव संगालिसकेका भट्ट आफ्नो प्राविधिक विशेषज्ञता र प्रेरक दृष्टिकोणको लागि परिचित छन्। भट्टसँग खेलाडीहरूलाई उनीहरूको पूर्ण क्षमतामा खेल्न सक्ने बनाउने र जुनसुकै प्रतिस्पर्धाका लागि सक्षम टोलीहरू निर्माण गर्ने प्रमाणित ट्र्याक रेकर्ड रहेको छ। यसले खुबीले पनि उनलाई वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा स्पाइकर्सको नेतृत्वका लागि सक्षम बनाएको हो। स्पाइकर्समा उनले उषा भण्डारी, कमला पुन,आरती सुवेदी, निशा महर, कोपिला राना, बसन्ती साउद जस्ता उत्कृष्ट अनि प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछन्।
काठमाडौं स्पाइकर्सकी सीओओ सुदिक्षा अधिकारीले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो,“प्रशिक्षक भट्टको आगमनले प्राविधिक रूपमा उत्कृष्ट र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई सहयोग हुनेछ। वहाँसँग रहेको खेलप्रतिको गहिरो बुझाइ र खेलाडीलाई निखार्नका लागि चाहिने जोशले हाम्रो टोलीको प्रदर्शनलाई पक्कै पनि उच्च पार्नेछ। उहाँको मार्गदर्शनले हाम्रा स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूबीचको सन्तुलन हेर्न पनि हामी उत्सुक छौं।”
आफ्नो नयाँ भूमिकाप्रति उत्साह व्यक्त गर्दै प्रशिक्षक जगदिश भट्टले भने,“काठमाडौं स्पाइकर्सको यो नयाँ जिम्मेवारी निभाउन पाउँदा म उत्साहित छु। यो टिम सम्भावनाले भरिएको छ र म एकजुट भएको प्रतिस्पर्धात्मक युनिट बनाउन खेलाडी र स्टाफहरू दुवैसँग मिलेर काम गर्न तत्पर छु। एभरेष्ट महिला भलिबल लिग एउटा रोमाञ्चक मञ्च हो र यसमा आफ्नो प्रभाव देखाउन म स्पाइकर्सलाई मद्दत गर्न तयार छु।
जगदिश भट्ट मुख्य प्रशिक्षक बनेसँगै काठमाडौं स्पाइकर्स एभरेष्ट महिला भलिबल लिगको पहिलो सिजनका लागि उत्साहित छ। वहाँको मार्गदर्शनले टिमलाई अझ राम्रो प्रदर्शन गर्न र आफ्ना फ्यानहरूलाई सम्झनलायक अनुभवहरू प्रदान गर्न मद्दत गर्ने उनीहरुको विश्वास छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







