डा. जगमान गुरुङ
काठमाडौँ । भाद्र शुक्लचतुर्दशीको शास्त्रीय नाम अनन्त चतुर्दशी हो । अनन्त चतुर्दशीका दिन नेपालमा इन्द्रजात्रा मनाउने परम्परा छ तर भनाईमा इन्द्रजात्रा हो, रथयात्रा भने गणेश, भैरव र कुमारीको गरिन्छ । काठमाण्डौका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले इन्द्रजात्राको अवसरमा गणेश, भैरव र कुमारीको रथयात्रा गर्ने परम्परा बसालेका थिए ।
यसै अवसरमा पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाहले भाद्र शुक्लद्वादशीका दिन कालभैरवको सामुन्ने इन्द्रध्वजोत्थान गर्ने परम्परा बसाले । त्यस अघि भाद्रशुक्ल एकादशीका दिन अटकोनारायणको मन्दिर सामुन्ने इन्द्रध्वजोत्थान गरिन्थ्यो र यो परम्परा अहिले पनि कायमै छ ।
पृथ्वीनारायण शाहका नाति, प्रातापसिंह शाहका छोरा रणबहादुर शाहले हनुमानढोका दरबारको सामुन्ने श्वेत भैरवको विशाल मकुण्डो स्थापना गरी इन्द्रजात्राको बेला भैरवको मुखबाट जाँडको धारा बगाई जनतालाई जाँड ख्वाएर रमिता गर्ने परम्परा बसाले ।
नेपाली समाजमा कुनै व्यक्तिको वेइज्जत र वेहाल भयो भने फलानाको त जात्रै भयो भनेर उडाउने चलन छ । इन्द्रजात्रा पनि यस्तै एउटा पर्व हो । इन्द्रजात्रामा इन्द्रको रथयात्रा र मान सम्मान नगरी इन्द्रलाई ता चोरको रूपमा चोक-चोक र बाटो-बाटोमा पातो कसेर बाँधेर राखेको हुन्छ ।
आनन्दमा स्वर्गीय आनन्द सबै भन्दा ठूलो आनन्द हो । देवलोक स्वर्गमा देवराजका रूपमा इन्द्र महाराज रहेका छन् । स्वर्गमा देवराज इन्द्रको सुख शयल गर्ने मनैलाई अति आनन्द दिने नन्दन वन नामको बघैँछ । देवराज इन्द्रको नन्दन वनमा नपाइने कुरा केही पनि हुँदैन तर स्वर्गका देवराज इन्द्रको नन्दन वनमा पारिजात फूल पाइँदो रहेनछ ।
स्वर्गका राजा देवराज इन्द्रको नन्दन वनमा नपाइने पारिजात फूल नेपालमा पाइँदो रहेछ । त्यसकारण देवराज इन्द्र मान्छेको रूप लिएर पारिजातको फूल चोर्न नेपाल आएछन् । पारिजातको फूल चोर्न आएका देवराज इन्द्रलाई नेपालका मानिसले पक्रेर तँलाई चोर भनेर पातो कसेर बाँधेर राखे । यसैको प्रतीक स्वरूप इन्द्रजात्राको बेला तीन शहर नेपालको चोक-चोक र बाटा-बाटामा पातो कसेर बाँधेर रस्खेको इन्द्रको प्रतीक बनाएर राखेको हुन्छ । त्यसकारण इन्द्रजात्रा इन्द्रको सम्मानमा होइन, नेपालीले देवराज इन्द्रलाई जितेको उपलक्ष्यमा मनाइने जात्रा हो ।
स्वर्गका देवराज इन्द्रको नन्दन वनमा नपाइने पारिजात फूल नेपालमा पाइन्छ।त्यसकारण हाम्रो नेपाल स्वर्ग भन्दा ठूला छन् । देवराज इन्द्रलाई पनि जित्न सक्ने हामी नेपालीहरु महान् छौँ । यो कथा र हाम्रो परम्पराले हामीलाई यही शुभ सन्देश दिइ रहेको छ ।
इन्द्रजात्राको अवसरमा गरिने काठमाण्डौ, इन्द्रचोकस्थित आकाश भैरवको पूजाले विशेष महत्त्व राख्दछ । आकाश भैरवको मकुण्डोलाई प्रथम किराँती राजा यलम्वरको टाउको मानिन्छ । महाभारतको युद्धमा यलम्वरले कौरवपक्षलाई सहयोग गरेका थिए । कुरुक्षेत्रको मैदानमा यलम्वरको शिर काटियो । उनको शरीर कुरुक्षेत्रको मैदानमा पछारियो तर उनको टाउको काठमाण्डौको माझ मुटु इन्द्रचोकमा आएर वजारियो ।
यो कथा अहिलेको विज्ञामले मान्दैन र यो कुरा सम्भव पनि छैन तर यो कथाले यलम्वरको राष्ट्र र राष्ट्रियताको भावना प्रस्तुत गर्दछ । हामीले हाम्रा मित्र राष्ट्रहरुलाई ज्यान दिएर सहयोग गर्नुपर्छ तर आफ्नो राष्ट्र रराष्ट्रियतामा अडिग रहनुपर्छ भन्ने त्यस कथाको आशय हो ।
यलम्वरको यलं, यलम्व, यलम्वर यस्तो रूप पाईन्छ । यलं यो किरात भाषाको शब्द हो । वर संस्क्रुत भाषाको शब्द हो । वर शब्दको अर्थ महान् हो । अरस् यलम्वरको अर्थ यलम्वर हो ।
यसरी हाम्रा भाषा समन्वित छन् । हाम्रा संस्कृति समन्वित छन् भने हामी किन समन्वित नहुने रु इन्द्रजात्राको अवसरमा आकाश भैरवको पूजा गर्ने परम्परा नेपाल राष्ट्र र नेपाली राष्ट्रियताप्रति सम्मान अर्पण गर्नु हो ।
नेपालका तान्त्रिकहरुले भक्तपुरको बिस्केट जात्रा हेर्न आएका काशी विश्वनाथको टाउको काटेर भक्तपुरको तौमडिटोलस्थित भैरव मन्दिरमा राखेका छन् । यसैगरी महाभारतको युद्ध हेर्न आएका महाचीन देशका वज्रवीर महाकाललाई पनि नेपालका तान्त्रिकहरुले टुँडिखेलमा बाँधेर राखेका छन् ।
यसरी नेपालले भारतलाई पनि जितेको छ, चीनलाई पनि जितेको छ, अरुको ता के कुरा स्वर्गका देवराज इन्द्रलाई समेत जितेको छ । अतस् हाम्रा यी कथा र परम्पराहरुबाट आजका हामी नेपालीहरुले प्रेरणा लिएर अघि बढ्न सक्नुपर्छ ।
इन्द्रजात्राको अवसरमा इन्द्रध्वजोत्थान गरिने काठमाण्डौको अटकोनारायणको पनि विवेचना गर्न सान्दर्भिक हुनेछ । अटको नारायणलाई चाँगुनारायणको स्वरूप मानिन्छ।नेपालका बौद्धहरु चाँगुनारायणलाई हरिहरिहरिवाहन लोकेश्वर मान्दछन् । अटकोनारायणलाई विरन्चिनारायणको रूपमा पनि मानिन्छ । ललितपुरको रातो मच्छेन्द्रनाथलाई पनि विरन्चिनारायण भनेको पाइन्छ।विरन्चिनारायण भनेका सूर्यनारायण हुन् ।
अब यहाँ नेर बडो रमाइलो, ज्यादै नै मार्मिक र अति नै संवेदनशिल परम्परा के छ भने काठमाण्डौ, ॐबहालका शाक्य र वज्राचार्यहरु दुम्जाको कुशेश्वर महादेवलाई आफ्नो कुल देवता मान्दछन् । यसैगरी काठमाण्डौ, ॐबहाल, नबहिलका वज्राचार्यहरु अटको नारायणलाई आफ्नो कुल देवता मान्दछन् । नेपालमा जस्तो यस प्रकारको सर्वधर्मसमभावको सुन्दर नमूना अन्त कहाँ पाइन्छ र रु
अघि राणाकालमा बर्षेनी भदौ महिनामा सारा कर्मचारीहरुको पजनी हुन्थ्यो । राजाले सबै कर्मचारीहरुको पजनी गर्दथे । राजाको पनि पजनी हुन्थ्यो र राजाको पजनी कुमारीले गर्दथ्यो । कुमारीले आफ्नो पाँचै औँलाले राजाको निधारमा टीका लगाइदिएपछि त्यस वर्षका लागि राजाको थमौती भएको मानिन्थ्यो ।
यसरी राजाको पनि पजनी गर्ने सक्ने कुमारी नेपालका सर्वोच्च शक्ति हुन् । कुमारीको चयन बौद्ध शाक्य परिवारको कन्याबाट गरिन्छ । कुमारीलाई बौद्धतन्त्र अनुसार वज्रदेवी र शैवतन्त्र अनुसार दुर्गा भवानीको रूपमा पूजा गरिन्छ ।
नेपाल तन्त्रले बाँधेर राखेको सत्यको देश हो । यो विधि विधान र परम्परा नेपालीहरुको सर्वधर्मसमभावको भावना र समन्वयात्मक संस्कृतिको उपज हो । त्यसकारण समन्वयात्मक अध्यात्मवाद, सर्वधर्मसमभाव र विश्व अभ्युदयको भावना नेपाल राष्ट्रको प्राण र नेपाली राष्ट्रियताको शान हो । अतस् समन्वयभाव नै नेपालको गौरव हो । यही भावनामा अडिएर रहनु समस्त नेपालीको स्वाभिमान हो ।।
।।भवन्तु सर्व मङ्गलम्।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






