काठमाडौं । शृष्टी भण्डारी ती युवा जमात भित्रकी महिला हुन् । जो देशमा केहि छैन, केहि गर्न सकिन्न भनेर बिभिन्न बहाना या बाध्यताका कथा दर्शाउँदै बिदेश पलायन हुने नयाँ पुस्ता भित्रको एउटा चुनौती पनि हो ।
शृष्टी, पर्यटन ब्यबसायी, पर्यटन संघर्ष, पर्यटन अभियन्ता बोधराज भण्डारीको छोरी हुन्,। आफ्ना अभिभावकले कठिन मेहनतले खडा गरेको संघर्षमयी बिरासतलाई काँधमा बोकेर पर्यटन ब्यबसाय त्यसमा पनि पर्बतारोहण ब्यबसाय जस्तो कठिन र चुनौतिपुर्ण ब्यबसाय संचालन गर्ने हिम्मत, साहस र आँट गर्ने युबा महिला पर्यटन उद्यमी पनि हो ।
अस्थिर र उतार चढाव युक्त बर्तमान पर्यटन उध्योगमा सन २०१६ देखिनै अबिचलित, अबिच्छिन्न रुपमा आफ्नै अभिभावक संगको साझेदारीमा पदयात्रा साथै बिषेश गरि पर्बतारोहण क्षेत्रमा सक्रिया छिन् । सिभिल ईन्जिनियरिङको स्नातक तहकै अध्ययन लाई निरन्तरता दिंदै हातेमालो गरेर पर्यटन पेशामै समर्पित भएकी र एक सबल उध्यमी बनेकी शृष्टी शाहशिक पर्यटन क्षेत्रकै छोरी साबित भएकी छन् ।
हाम्रो परिबारको गौरब र युबा पर्यटन ब्यबसायीकी प्रेरणाकी श्रोत नै हन भन्न सकिन्छ। शृष्टी भण्डारीको टानमा उमेद्वारी पनि पलायन हुंदै गरेको युवा पिंडीलाई नेपालमै केहि गर्न सकिन्छ र गर्नपर्छ भन्ने भावनाकै बिकास गर्ने हेतु आएको हो ।
सन् २०१२ . देखि १०औं बर्ष सम्म NMA peak sales मा १–१०औं स्थान रहेर शगरमाथा लगायत ८०००मि. उचाइका धेरै हिमालहरुको आरोहणको ब्यबस्थापन गरिरहेको स्थापित एजेन्सी स्नोयी होराईजन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा, ली, को साझेदार संचालक रहेकी शृष्टी भण्डारीले पर्यटन सम्बन्धि बिभिन्न तालिम, सेमिनार, गोष्ठी, ट्रेकिङ्ग गाइड ट्रेनिङ तथा पर्यटन प्रबर्द्धनका अन्तर्राष्ट्रिय मेलाहरूमा समेत आफ्नै नेत्रित्वमा सफलता पुर्बक भाग लिई शसक्त सहभागिता जनाएकी छन।
पदयात्रा तथा पर्बतारोहण जस्तो साहशिक गतिबिधि मा स्वयं पनि अभिरुचि राख्ने भएकोले अन्नपूर्ण लगायत बिभिन्न गन्तव्यमा गाईडकै रुपमा पदयात्रा तथा गत २०२३ को अक्टुबर २६ मा खुम्बुको बरुण क्षेत्रमा रहेको प्रशिद्ध चुली मेरा पिक ६४७६ मि. को सफल आरोहण समेत गरिसकेकी छन।
भीटोफ नेपाल जस्तो बिसुद्ध गाऊँ पर्यटन प्रबर्द्धनमा क्रियाशील संस्थाको कार्यसमितीमा हाल कार्यरत शृष्टी भण्डारीको टान कार्यसमितिको महिला सदस्यमा उमेद्वारी पर्यटन क्षेत्रका अन्य सिनियर महिला उध्यमि हरुको समेत गर्वको बिषय हुन सक्छ ।
त्यसर्थ टान कार्यसमितिको महिला सदस्यमा शृष्टी भण्डारीलाई आफ्नो अमुल्य मतदान गरि बिजय गराउनु सवैमा हार्दिक अपिल गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै


ट्रेन्डिङ
खबरमुकाम







