काठमाडौँ - मुक्तिनाथ बैंक र नेपाल घरेलु तथा सानाउद्योग महासंघबीच महासंघसँगमा आवद्ध घरेलु तथा सानाउद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवम वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य सहित सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रम बीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका छन ।
उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने भएको छ । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले खुशी व्यक्त गर्दै अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरुले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यवसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरेका छन ।
साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग बचत सेवाको लागिः कर्जा सेवाको लागिः आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





