ठाकुरप्रसाद आचार्य
म्याग्दी - मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक समेत रहेका इन्द्रधारा विष्टले टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि जितेका छन । स्टेवल फोर्ड फूल हण्डिक्यापको र्फम्याट खेलाइएको ९ होलको खेलमा विष्टले ३ हन्डर हान्दै २१ स्कोर जितेको थियो । ३ वटा होलमा पार,एउटामा त्रिपल बुगी र ५ वटा होलमा बुगी खेल्दै विष्टले उपाधि हासिल हासिल गरे । प्रतियोगितामा नेपाल गल्फ एसोसिएनका उपाध्यक्ष समेत रहेका फुर्साङ लामा दोस्रो भएका छन । उनले ५ वटा होलमा पार,एउटामा डबल बुगी र बाँकी ३ वटामा बुगी हिर्काउदै २ अन्डर २० को स्कोर प्राप्त गरेका छन । पुरुष तर्फको ग्रस उपाधि गैरआवासीय नेपाल संघ अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले हात पारेका छन । उनले १४ स्कोर सहित ग्रस उपाधि हासिल गरेका छन ।
श्रेष्ठले तेस्रो होलको पार थ्रि,मा बर्डी हिर्काएका छन भने ४ वटा होलमा पार,एउटा होलमा डवल बुगी र बाँकी ३ होलमा बुगी हिर्काएको प्रतियोगिताका सदस्य भुवन गुरुङले जानकारी दिएका छन । यसैगरी, महिला तर्फ पोखराकी बालकाशी गुरुङले उपाधि जितेकी छन । उनले ५ अन्डर २३ को स्कोर प्राप्त गरे। प्रतियोगितामा धरानकी झुना राई दोस्रो भएकी छन । विजेता खेलाडीहरुलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले पुरस्कार र ट्रफी वितरण गरेका छन ।
समुद्री सतह देखि चार हजार ६ सय ४५ मिटरको उचाईमा गल्फ प्रतियोगिता गरिएको आयोजकले जनाएका छन् । लोमान्थाङको पर्यटन प्रर्वद्धनका लागि विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा होल नम्बर ३ मा होल इन वन गर्ने खेलाडीलाई याक प्रदान गर्ने भनिएपनि कसैले जित हासिल गर्न सकेनन् । विश्वकै उच्चतम गल्फ कोर्समार्फत लोमान्थाङको पर्यटन प्रर्वद्धन गर्नु मुख्य उद्देश्य भएको मुस्ताङ गल्फ कोर्सका व्यवस्थापक विष्टले बताउछन ।
आगामी दिनहरुमा मुस्ताङ गल्फ कोर्सलाई विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रुपमा प्रचार गर्न समेत यसपटको प्रतियोगिताले सहयोग पुगेको उनले विश्वास व्यक्त गरे । प्रतियोगितालाई आगमी दिनमा पनि निरन्तरता दिने उनले बताएका छन । प्रतियोगिताका वारेमा संसारभर प्रचारप्रसार गरेर विदेशी खेलाडीहरुलाई पनि आर्र्कषित गर्ने योजना रहेको उनलेले सुनाउछन । गल्फ प्रतियोगितामा आएका खेलाडी र पर्यटकहरुलाई लोमान्थाङमा स्वागत गर्न पाउँदा खुसी गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउछन । गल्फ प्रतियोगिताले पर्यटन प्रर्वद्धन ठूला टेवा पुगेको उनले आशा व्यक्त गरेका छन ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






