काठमाडौँ - तिम्बुङ पोखरी कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य । कतिपयले यो ठाउँलाई पूर्वको गोसाइकुण्ड भनेर पनि चिन्छन् ।
चार हजार ३ सय ३८ मिटर उचाइमा रहेको तिम्बुङ पोखरीको धार्मिक महत्त्व पनि छ । स्थानीय बासिन्दा अमीर राईका अनुसार ताप्लेजुङको सिदिङ्वा र पाँचथरको याङवरक गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ ।
तिम्बुङमा धेरैजसो धार्मिक पर्यटनका लागि पुग्छन् । जनै पूर्णिमा र नाग पञ्चमीका दिन धार्मिक आस्था राख्दै पर्यटकहरू पुग्छन् । अहिले सिजन सुरू भएकाले ट्रेकिङका लागि तिम्बुङ उपयुक्त गन्तव्य हो । धेरै पहिले आसपासका जिल्लाबाट धार्मिक आस्था बोकेर आउन पर्यटक मात्र हुन्थे। अहिले विस्तारै ट्रेकिङका लागि पनि आउन थालेका छन् उनले भने, बाह्रै महिना तिम्बुङमा पर्यटक भित्र्याउन हामी लागि परेका छौं ।
मौसमअनुसार तिम्बुङका फरक विशेषता छन् । असोजदेखि वैशाख महिनासम्म तिम्बुङमा हिउँ पर्छ। हिउँ हेर्न र खेल्न रूचाउनेका लागि यो उपयुक्त समय र गन्तव्य बन्न सक्छ । यसको अर्को विशेषता भनेको पोखरी आसपासमा फूल्ने केन्जो अर्थात् पदमचाल फूल हो । यो फूल यहाँको पनि केही सीमित ठाउँमा मात्र राईले बताए । वर्षाको समयमा तिम्बुङ जाँदा भेडी गोठको आनन्द लिन सकिन्छ । भदौदेखि असोजसम्म यी गोठमा बस्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






