काठमाडौं - । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा छ । अघिल्लो आर्थिक वर्ष लघुवित्तले १६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने लघुवित्तले गत आर्थिक वर्ष ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १९७.९९ प्रतिशत बढी हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ८८ पैसा बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.७२ गुणा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको ३५ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको वितरणयोग्य मुनाफा, गत आर्थिक वर्ष ३ करोड ७५ लाख रुपैयाँ धनात्मक भएको छ । २ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ७.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१९.०२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ६.७७ प्रतिशत बढेको छ भने निष्क्रिय कर्जा ९.८७ प्रतिशतबाट बढेर १०.६० प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- 'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
- विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
- नटेक अलायन्स नेपाल नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने घोषणा
- नेपाल लाइफको बोनस दर सार्वजनिकः विषम परिस्थितिमा पनि बोनस दर स्थिर राख्न सफल
- दराजद्वारा बृहत बचत तथा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा
- विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री भित्र्याउँदै सत्यदिप इन्टरनेसनल
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- इलाममा सन नेपाल लाइफको हरित योगदान- एक हजार बिरुवासहित अभियान (फोटो फिचर)


ट्रेन्डिङ
खबरमुकाम









