काठमाडौं - । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा छ । अघिल्लो आर्थिक वर्ष लघुवित्तले १६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने लघुवित्तले गत आर्थिक वर्ष ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १९७.९९ प्रतिशत बढी हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ८८ पैसा बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.७२ गुणा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको ३५ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको वितरणयोग्य मुनाफा, गत आर्थिक वर्ष ३ करोड ७५ लाख रुपैयाँ धनात्मक भएको छ । २ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ७.८१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१९.०२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ६.७७ प्रतिशत बढेको छ भने निष्क्रिय कर्जा ९.८७ प्रतिशतबाट बढेर १०.६० प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






