काठमाडौँ । गायिका एवम् मोडल सुम्निमाले खुसी र उदासी दुवैखाले रङ र स्वादको सम्मिश्रण रहेको पप–रक शैलीको म्युजिक भिडिओ ‘झरी’ सार्वजनिक गरेकी छन् । क. तमोटका शब्दलाई भावपूर्ण संगीत र अभिनयद्वारा सिँगारिएको भिडियोमा मूल रूपमा विषाद, रोमान्स र आशा जस्ता मनोदशा देखाइएको छ ।
सो सांगीतिक श्रव्यदृश्य सामग्रीमा एक जोडी युवकयुवती एकार्कालाई साँचो माया गर्छ । उमेर उस्तै भए पनि भावनात्मक रूपमा युवक पाको, स्थिर र गहिरो छ भने युवती अलि आलोकाँचो ।
केटो मायाको अर्थ आफैँलाई असल बनाउनु हो भनेर सम्झाउँछ तर त्यसलाई केटीले आत्मसात् गर्न नसक्दा ‘ब्रेकअप’ हुन्छ । उनलाई पछि मात्र महसुस हुन्छ- माया कुनै परीकथा होइन, पप्पी–लभ पनि होइन बरु यसमा इमानदारी जरुरी हुन्छ ।
साउने झरीमा पाँच–छ घन्टा रुझेर भिडिओ बनाइएको सुम्निमाले बताइन् । ‘घरभित्र बसी झ्यालबाहिर यसो हात निकालेर मात्र झरीको मर्म बुझाउन सकिँदैन,’ उनले भनिन्, ‘यस म्युजिक भिडियोमा मैले वर्षामा सर्वांग भिजेर, मेकअप बिर्सेर कलात्मक प्रस्तुति दिने कोसिस गरेकी छ ।’ बर्सेको पानीमा ‘एंगल’ र ‘लाइट’ मिलाउन भने मुस्किल परेको उनको अनुभव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

ट्रेन्डिङ
खबरमुकाम







