काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (म्याप फाउन्डेसन नेपाल) स्थापना गरिने भएको छ ।
मृतक आइटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्करक, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरष्कृत गरिने मनुराजको परिवारले जनाएको छ । ‘हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूको सम्झना र योगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूको नाममा फाउन्डेसन स्थापना गर्न लागिएको हो,’ पारिवारिक स्रोतले बतायो ।
त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाको नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरष्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पोखरेलले भनिन्, ‘हाम्री छोरीले इमान्दार कर्मचारीको रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षयकोष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरष्कृत गर्ने भएका हौँ ।’
चार वर्षे नावालक नाति अधिराजको नाममा अर्यालहरूको थातथलो सप्तरीको बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, ‘पढाइमा तेज मेरो नातिलाई पढाउने मेरो इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हौँ ।’
फाउन्डेसनले अक्षय कोषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएको छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ । यसका साथै म्याप फाउन्डेसनको सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सामाजिक तथा चेतनामूलक कार्यक्रम गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सरोकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयोगका लागि अपिल समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







