झापा । यहाँको मेचीनगर नगरपालिका ६ काँकडभिट्टामा रहेको ‘बिपी(पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् ।
वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । वि.सं.२०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए का छन ।
सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थानीय नेताहरूले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । प्रतिष्ठानको अगुवाइमा वि.सं.२०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गर्नुभएको थियो । वि.सं.२०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका थिए ।
मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ । काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउछन । “होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,” उनले भन्छन, “हामी उनीहरूलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौँ । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।”
वाटिका निर्माण समितिका अध्यक्षसमेत रहएका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको पाँच लाख लगानी भएको जानकारी दिए । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताउछन ।
राजनीतिक तीर्थस्थल
नेपाली राजनीतिमा सबैभन्दा सम्मानित नेताको रूपमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिँदै आएको छ । दुवैको सालिक एउटै वाटिकामा भएकाले यो वाटिका कांग्रेस र कम्युनिष्ट दुवै विचारका अनुयायीका लागि राजनीतिक तीर्थस्थल बनेको नेकपा (एमाले) मेचीनगरका अध्यक्ष राजु कार्की बताउछन ।
“कमरेड पुष्पलालको स्मृति दिवसमा साउन ७ गते हरेक वर्ष हामी यही वाटिकामा भेला भएर श्रद्धासुमन अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्छौ,” एमाले नगर अध्यक्ष कार्कीले भने, “ठिक एक दिनअघि नेपाली कांग्रेसका साथीहरू यही वाटिकामा भेला भएर लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता बिपी कोइरालाप्रति श्रद्धासुमन अर्पण गछौ ।”
यस वर्ष सोमबार पुष्पलाल स्मृति दिवस कार्यक्रममा भेला भएका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले एउटै स्तम्भमा दुईतिर रहेका पुष्पलाल र बिपीप्रति समान आदरभाव प्रकट गरे । आइतबार नेपाली कांग्रेस मेचीनगरले यही स्थानमा श्रद्धाञ्जली समारोहको आयोजना गर्दा बिपी र पुष्पलाल दुवैको सालिकमा रुद्राक्षको माला लगाएर कांग्रेस नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए । एमाले नेता तथा कार्यकर्ताले दुवै सालिकमा माल्यार्पण गरेका थिए ।
स्रोत: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






