मनाङ । जोखिमपूर्ण मानिने अन्नपूर्ण पदमार्ग विश्वकै आकर्षक गन्तव्य मानिन्छ । साथै यो पलमार्ग विश्वकै १० औँ जोखिमपूर्ण पदमार्गका रूपमा रहेको छ । यहाँ विशेष सावधानी नअपनाउँदा पर्यटकले ज्यानसमेत गुमाउने गरेका छन् ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले आर्थिक वर्ष २०८०र८१ मा मात्रै यहाँ पाँच पर्यटकले ज्यान गुमाएको जानकारी दिनुभयो । उहाँकानुसार लेक लागेर (हाई अल्टिट्युट) पर्यटकले ज्यान गुमाउने गरेका छन् ।
विसं २०८० असोज १७ मा डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविस राहदानी नं ६८१७१७४२५०ले ज्यान गुमाएका थिए । यस्तै सोही वर्षको असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर भारतीय नागरिक ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजिम राहदानी नं टी ८९५१४२०० ले ज्यान गुमाएका थिए ।
गत वर्ष नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एन्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी राहदानी नं १२१५६३०६३० मृत भेटिएका एक्यापको तथ्याङ्कमा उल्लेख छ । मनाङ ङिस्याङ गाउँपालिका–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ गाउँपालिका–९ टोगुफास्थित पहिरोको जोखिम क्षेत्र तिलिचो बेस क्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीको समेत ज्यान गएको थियो ।
भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको इकाइ प्रमुख भुजेलले बताए । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा गाइडले ज्यान गुमाउने गरेका उनको भनाइ छ । ‘पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा आउने, मौसम अनुकूलतालाई ध्यान नदिने गरेकाले पर्यटकले ज्यान गुमाउने गर्छन् । लेक लाग्ने क्षेत्र भएकाले एकैचोटि हाई अल्टिट्युटका कारण ज्यान गुमाउनेको सङ्ख्या बढी छ’, भुजेलले भने ।
मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले मौसमको अनभिज्ञताले पर्यटकले ज्यान गुमाउनुपरेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘आन्तरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन् । न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था आउँदैन ।’
मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा यस्ता समस्याबाट बच्न सकिए पनि थोरै समय लिएर यहाँ घुम्न आउँदा उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





