तेह्रथुम - । प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
लिम्बूको आदिमकालदेखि चली आएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले निर्माण गरेको ढुङ्गे अर्थात् चोलुङ पार्कमा यतिबेला अध्ययन र भ्रमणका लागि आउने पर्यटकहरूको भरिभराउन हुन थालेको छ ।
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस नगरपालिकाको वसन्तपुरमा ढुङ्गैढुङ्गाले निर्मित चोलुङ पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ । लिम्बू समुदायको मौलिकतासँग जोडेर ढुङ्गा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुङ्गा हुन्छ । यस अर्थमा यो चोलुङ पार्कको विशेषता भनेकै ढुङ्गाको सभ्यता हो । हिजोको जीवन पद्धतिमा न्यायनिसाफका साथै विभिन्न रूपमा ढुङ्गा गाड्ने गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङको भनाइ छ । ‘‘जन्मपश्चात् मृत्यु पर्यन्त ढुङ्गा गाड्ने परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ’’ उनले भने ।

यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने मात्र नभई लिम्बू जातिको मौलिक संस्कृतिका लागि अध्ययन तथा अनुसन्धान गर्न आउने गरेका छन् । पार्क विभिन्न सामाजिक सञ्जालमा मात्रै देखेको र यहाँ आइपुग्दा यो पार्कमा इतिहास नै पाएको मिक्लाजुङ गाउँपालिका पाँचथरका उपाध्यक्ष सन्तोष शर्माले बताएका छन । उनले भने , ‘ लिम्बूहरूले बिर्सिँदै गएको सभ्यतालाई यो पार्कले जीवित बनाएको छ ।’’
यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुङ्गाका स्तम्भ गाडिएका छन् । यसरी ढुङ्गा गाडिने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि छ । लिम्बूहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुङ्गा गाड्छन् । विशेष गरेर लिम्बू समुदायले प्रयोग गर्दै आएका मौलिक संस्कृतिका साथै परम्परागत भेषभूषादेखि अन्य सामग्रीले विविधताभित्र यो पार्कमा केन्द्रीकृत गरेको महसुस भएको यहाँ घुम्न आउनुभएका फाल्गुनन्द गाउँपालिका पाँचथरका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले बताए ।
यस पार्कमा मौलिक तथा ऐतिहासिक घर, युमा सङ्ग्रहालय, युमापोखरी, देवारी घर, श्रीजंगा पुस्तकालय लगायतका भौतिक संरचना निर्माण भएका छन् । आदिमकालमा लिम्बू जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा, ढिकी जाँतो, ढुङ्गाको तराजु यहाँ राखिनु पार्कको मुख्य विशेषता हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







